२३ जेठ २०८३, शनिबार

दुई कोरियाबीचको निःशस्त्रीकृत क्षेत्रमा सुटबूट लगाएर पुगे ट्रम्प

दुई कोरियाबीचको निःशस्त्रीकृत क्षेत्रमा सुटबूट लगाएर पुगे ट्रम्प

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दुई कोरियालाई छुट्ट्याउने निःशस्त्रीकृत क्षेत्र (डिमिलिटराइज्ड जोन) मा सुटबूट लगाएर आइतवार भ्रमण गरेका छन् । 

कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले कडा सुरक्षा दिइने क्षेत्रमा ज्याकेट नलगाई भ्रमण गरेको यो पहिलोपटक हो । 

नेभी सुट र रातो टाई लगाएका ट्रम्पले अन्तर्कोरियाली सीमामा रहेको पोस्टबाट दूरबीन नबोकी उत्तर कोरियातिर हेरेका थिए । कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि भइरहेको प्रयासका बारेमा उनी सोचिरहेको देखिन्थ्यो । 

ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग सीमावर्ती गाउँ पानमुनजोममा गर्ने भेटअघि उक्त पोस्ट पुगेका हुन् । दुई दिने भ्रमणका लागि ट्रम्प शनिवार उत्तर कोरिया पुगेका हुन् । 

निःशस्त्रीकृत क्षेत्र २५० किलोमिटर लामो र ४ किलोमिटर चौडा छ । त्यो संसारको सबभन्दा कडा सुरक्षा दिइने सीमा क्षेत्रमध्ये पर्छ । दुई कोरियाहरू सन् १९५०–५३ को कोरियाली युद्धपछि अहिलेसम्म पनि प्राविधिक रूपमा युद्धमै छन् । उनीहरूबीच शान्ति सन्धि भएको छैन ।

यसअघिका अमेरिकी राष्ट्रपतिहरूले ज्याकेट लगाएर उक्त क्षेत्रको भ्रमण गरेको भए पनि ट्रम्पले चाहिँ सुट लगाएर त्यहाँ पुग्दै इतिहास रचे ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्