३० असार २०८३, मंगलबार

उत्तर कोरियाको भूमिमा पाइला राख्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बने ट्रम्प

उत्तर कोरियाको भूमिमा पाइला राख्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बने ट्रम्प

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरिायको भूमिमा पाइला राख्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बनेका छन् ।

आइतवार उनले निःशस्त्रीकृत क्षेत्रमा उत्तर कोरियाका नेता किम जोङ–उनलाई भेटे अनि दुई नेताले निजी द्विपक्षीय वार्ता समेत गरे । निःशस्त्रीकृत क्षेत्रबाट उनी उत्तर कोरियाको भूमिमा समेत प्रवेश गरे । 

उत्तर कोरियामा पहिलोपटक ऐतिहासिक रूपमा पाइला राखेपछि ट्रम्प अहिले निःशस्त्रीकृत क्षेत्रबाट बाहिर आएका छन् । उनले किमसँग अपेक्षा गरिएभन्दा लामो समय वार्ता गरेका थिए । 

आणविक सम्झौताका विषयमा रोकिएको वार्ता पुनः सुचारु हुने कुरामा किमसँग सहमति जनाएको ट्रम्पले जानकारी दिए । 

‘हामीले अध्यक्ष किमसँग निकै राम्रो बैठक गर्‍यौं,’ कोरियाली सीमामा किमसँग छुट्टिएपछि ट्रम्पले पत्रकारहरूलाई बताए ।

उनी अहिले दक्षिण कोरियाको राजधानी सउलस्थित ओसान एयरबेसमा जाँदैछन् । त्यहाँ उनले अमेरिकी सैनिकहरूलाई संक्षिप्त सम्बोधन गर्नेछन् । 

भियतनामको राजधानी हनोईमा ट्रम्प र किमबीचको शिखरवार्ता परिणामविहीन रूपमा टुंगिएपछि उत्तर कोरियाले सम्झौताकारहरूलाई मारेको खबर आएकोमा ट्रम्पले उनीहरू अझै जिउँदै छन् जस्तो लागेको बताए । 

पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘हो, जिउँदै छन् जस्तो लाग्छ । प्रमुख व्यक्ति त जिउँदै छन् । अरू पनि जिउँदै होलान् ।’

तर ट्रम्पले आइतवार आणविक निःशस्त्रीकरणको खासै कुरा उठाएनन् । त्यसको साटो उनले किमसँग व्यक्तिगत सम्बन्धमा आएको सुधारमा जोड दिए ।

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्