काठमाडौं – बलिउड अभिनेता सलमान खान प्रायः मस्ती गरिरहेका हुन्छन् ।
हालै उनले बाँदरलाई पानी पिलाएर मस्ती गरेको भिडियो आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेका छन् ।
भिडियोमा देखिन्छ, उनी एक बाँदरलाई पानी अफर गरिरहेका छन् । तर पानी पिलाउन त्यति सजिलो थिएन । सलमानले पहिले प्लास्टिकको बोतलमा पानी दिए । बोतलबाट पानी पिउन बाँदरले के जान्दथ्यो ? अनि सलमानले उसलाई गिलासमा पानी हालेर पिलाए ।
सलमानले भिडियो शेयर गर्दै लेखे, ‘हाम्रा बजरंगी भाईजान प्लास्टिकको बोतलबाट पानी पिउँदैनन् ।’
'भारत' रिलिज भएपछि अहिले सलमान आफ्नो परिवारसँग समय बिताइरहेका छन् । अब उनी नयाँ प्रोजेक्ट 'दबंग ३' र सञ्जय लीला भन्सालीको फिल्म 'इंन्शाअल्लाह'मा काम शुरू गर्नेछन् ।
एजेन्सी