
काठमाडौं- रिद्धि सिद्धि सिमेन्ट तथा जगदम्बा स्टिल्स्को संयुक्त सहकार्यमा यही असार १४ गते शनिवारको दिन कीर्तिपुर परिसरमा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
स्वच्छ वायु, स्वस्थ जीवनको नारा सहित काठमाडौंको रिङरोड परिसर तथा कीर्तिपुर नगरपालिकामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग, कीर्तिपुर नगरपालिकाको संयुक्त सहकार्यमा रिद्धिसिद्धि सिमेन्ट तथा जगदम्बा स्टिल्सले वृक्षारोपण गरिएका बिरुवाको सुरक्षा निमिक्त सुरक्षा कबज हस्तान्तरण गरियो ।
उक्त कार्यक्रममा उल्लेख्य संख्यामा नगरवासी, सरकारी निकाय तथा रिद्धिसिद्धि सिमेन्ट र जगदम्बा स्टिल्स्को कर्मचारीहरूले २१९ वटा वृक्षहरूको वृक्षारोपण गरियो ।