२७ जेठ २०८३, बुधबार

यी हुन् शिक्षकमा जागिर लगाइदिन्छु भन्दै २० जनाको ६१ लाख ठग्ने प्रधानाध्यापक

यी हुन् शिक्षकमा जागिर लगाइदिन्छु भन्दै २० जनाको ६१ लाख ठग्ने प्रधानाध्यापक

काठमाडौं– शिक्षक पेसामा जागिर लगाइदिने प्रलोभन दिँदै  ठगी गर्ने एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । 
बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित श्री सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका प्राध्यानाध्यापक अनिल कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । 

 रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ६ का उनले पर्सा र रौतहटका जिल्लाहरुमा बसोवास गरी वस्ने अन्दाजी २० जना मानिसहरुलाई उक्त बिद्यालयमा शिक्षक पेशामा जागिर लगाई दिने भनि एक जना व्यक्ती बराबर रु २ लाख देखि ५ लाख सम्म गरी जम्मा ६१ लाख १४ हजार ५०० ठगी गरेको जिल्ला प्रहरी कार्यालय बारराले जनाएको छ।  

पीडितले दिएको उजुरीको आधारमा उनलाई  जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित जितपुर बजारबाट पक्राउ  बारा जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्