०४ साउन २०८३, सोमबार

बङ्गलादेशको संसदद्वारा नयाँ आर्थिक बर्षका लागि ६२ अर्ब अमेरिकी डलरको बजेट अनुमोदन

असार १५, २०७६
बङ्गलादेशको संसदद्वारा नयाँ आर्थिक बर्षका लागि ६२ अर्ब अमेरिकी डलरको बजेट अनुमोदन

ढाका- बङ्गलादेशको संसदले आर्थिक बर्ष २०१९÷०२० का लागि अहिलेसम्मकै उच्च पाँच ट्रिलियन टाका ( झण्डै ६२ अर्ब अमेरिकी डलर) को बजेट अनुमोदन गरेको छ ।

मुलुकको आर्थिक वृद्धि दरलाई ८.२ प्रतिशत पु¥याउने लक्ष्य लिएको सरकारले अर्थमन्त्री एएचएम मुस्तफा कमलद्वारा जारी बार्षिक बजेट कार्यक्रमलाई आइतबार संसदमा अनुमोदनका लागि प्रस्तुत गरेको थियो ।

प्रधानमन्त्री शेख हसिनाको सत्ताधारी दल बङ्गलादेश अवामी लिग (एएल) पार्टीको सरकारले आर्थिक वृद्धिका लागि महत्वाकांक्षी योजनासहित बजेटको घोषणा यस पहिले नै गरेको थियो ।

संसदमा प्रस्तुत वजेट कार्यक्रमलाई यस आर्थिक बर्षको अन्तिम संसद अधिवेशनको अन्तिम दिन ध्वनी मतका आधारमा सर्वसम्मतिका साथ  अनुमोदन गरेको हो ।

 सन् २०१९÷०२० का लागि  बङ्गलादेशको कुल बजेट ६२ अर्ब अमेरिकी डलर हुनेछ, जुन यहाँको कुल ग्राहस्थ उत्पादनको १८.१ प्रतिशत रहेको छ । सरकारले यस बर्ष १३ प्रतिशत बजेट वृद्धि गरेको हो ।

खर्चतर्फ बार्षिक विकास कार्यक्रमका मानव साधनस्रोत, विद्युत तथा इन्धन र सूचना सञ्चार क्षेत्रमा सवैभन्दा बढी अर्थात् २.०२ ट्रिलियन टाका बराबरको बजेट छुट्टाइएको छ ।

नयाँ बर्षमा बङ्गलादेशको बजेट घाटा करिब १.४३ ट्रिलियन रहनेछ, जुन कुल ग्राहस्थ उत्पादनको पाँच प्रतिशत हो । 

salt training

कमेन्ट गर्नुहोस्