१५ असार २०८३, सोमबार

खानेपानी अभावमा काकाकुल बनेको छत्रदेवले मुहार फेर्दै

खानेपानी अभावमा काकाकुल बनेको छत्रदेवले मुहार फेर्दै

अर्घाखाँची– अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका गृहिणी महिलाको दैनिकी  एक गाग्रो पानी जोहो गर्नमै वित्ने गरेको छ । नजिकका मुहान सुकेपछि खाने पानीको जोहो गर्न यहाँका महिलाहरु मध्यरात र बिहान उज्यालो नहुदै धारामा गाग्री भर्ने पालो कुरेर बसेका हुन्छन् ।

घरको अन्य काम सकेर पानीको जोहो गर्दा उनीहरुको बिहान वित्ने गरेको छ । अहिलेसम्म सबै दलले गाउँमा खानेपानी ल्याउने कुरालाई चुनावी नारा बनाउँदै आएका छन् । तर अब भने खानेपानीका लागि महिलाले रात दिन गर्नुपर्ने समय अन्त्य हुने संकेत देखिएको छ ।

कुनै राजनीति अवरोध नआए अबको एक वर्ष पछि छत्रदेवका जनताले पानीको लागि दैनिक खोला नाला धाउने बाध्यता समाप्त हुनेछ । खाने पानी समस्या समाधानका लागि ५ नम्बर प्रदेश सरकारले गाउँपालिकामा खानेपानीको लागि बिभिन्न बजेट छुट्टाएको छ । यसपटक पर्याप्त बजेट बिनियोजन भएकोले खानेपानीको समस्या समाधान हुने अर्घाखाँची छेत्र न १ का प्रदेश सांसद चेत नारायण आचार्यले बताए ।

‘चुनामा गरेको प्रतिबद्धता अनुरुप नै गाउँपालिकासँग हातमालो गर्दै बिकास निर्माण कार्यमा अगाडि बढेको छु’ सासद आचार्यले लोकान्तरसँग भने, ‘छत्रदेवका जनतालाई पानी नखुवाउँदासम्म मैले सन्तोषको श्वास फेर्न सकेको छैन ।’

नेकपाका युवा नेता एवं गाउँका समाजसेवी युवा गिरिराज खनाल पनि खानेपानी नै गाउँको मुख्य समस्या रहेको बताउँछन् । ‘गाउँमा बाँदरको आतंक त्यत्तिकै छ, त्यसमाथि खानेपानीको समस्याका कारण यहाँका आमा बुवा र दिदी बहिनीले सधैभरी सास्ती खेप्नु परेको छ’ उनी भन्छन् ।

प्रदेश सरकार मातहत यसपटक गडेका स्वामी चिदिका खानेपानी योजना, चिदिका आलेटोल खानेपानी योजना, बल्कोट साविक ७ को खानेपानी योजना परेका छन् ।

यसैगरी जिल्लामा छत्रगञ्ज साविक ६, ७, ८ को खानेपानी योजना, काठेका रुख छत्रगञ्ज लिफ्ट खानेपानी योजना, केरुङ्गा बल्कोट खानेपानी योजना र बल्कोट चिदिका खानेपानी योजनाको काम अगाडि बढेको सांसद आचार्य बताउँछन् । दोबाटा माझकोट खानेपानी योजना, मझवा ९ साविक बल्कोट लिफ्ट खानेपानी योजना, भुतिया खोला तल्लो झिर्वास खानेपानी योजना, दुन्द्रुक खानेपानी योजना र धरमपानी दोवाटा ठाडाखोला बरबोट र हटिया खानेपानी योजना यसैवर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको सांसद आचार्य बताउँछन् ।

न्युरे सिठेनी खानेपानी योजना, ढिकुरा बरालडाडा भगवती खानेपानी योजना, देउराली खानेपानी योजना, उराहथुम चौहा खानेपानी योजना र चिदिखोला गोडमुनी खानेपानी योजनाको काम सम्पन्न गर्ने प्रदेश सरकारले प्रतिबद्धता जनाएको छ । स्थानीय गाउँपालिकाले पनि यी आयोजनामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्