
ओमान- ओमानमा नेपाली दूतावासले ‘नेपालमा लगानीको सम्भावना’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।
ओमानको डब्ल्यू मस्कट होटलमा ‘नेपालमा सोमवार लगानीको सम्भावना’ विषयक कार्यक्रमको आयोजना गरिएको हो ।
ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकाल, प्रउद्याेग मन्त्रालयका सचिव अहमद बिन हसन अलदिब, दक्षिण एसिया विभागका प्रमुख पराराष्ट्र मन्त्रालयका हिलाल मारोन अल मामारी, अर्थतन्त्र क्षेत्रका प्रमुख तथा पराराष्ट्र मन्त्रालयका डा. याह्या अब्दुल्लाह अल फन्नाह, ओमान चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका सीईओ सिइओ अब्दुल अधैम अल बाहराइनीले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
सोही कार्याक्रममा २९–३० मार्च ,२०१९ मा काठमाडौंमा आयोजित ‘नेपाल इन्भेष्टमेन्ट समिट २०१९’ मा नेपालका सम्माननीय प्रधानमन्त्री लगायत अन्य देशका प्रमुख व्यक्तिहरूद्वारा सम्बोधित प्रमुख विषयहरूलाई भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।
राजदूत ढकालले मन्तव्यका क्रममा समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नको लागि नेपालमा लगानीको महत्वबारे प्रकाश पारिन् । कृषि, उर्जा, आधारभूत संरचना, शिक्षा, औद्योगिक संरचना, सहरी आधारभूत संरचना, यातायात लगायतका लगानीका क्षेत्रबारे राजदूत ढकालले धारणा राखिन् ।
कार्यक्रमका प्रमुख अतिथि अहमद बिन हसन अलदिबलाई राजदूत ढकालले मायाको चिनो प्रदान गरे ।