
सुर्खेत – कर्णालीमा प्रदेश मन्त्रिपरिषद्ले गरेका अधिकांश निर्णय कार्यान्वयन नै हुँदैनन्। आफैले गरेका निर्णय कार्यान्वयन गर्न प्रदेश सरकार गम्भिर देखिँदैन। सरकार गठन भएयता हालसम्म मन्त्रिपरिषद्का ५२ वटा बैठक सम्पन्न भएका छन्। तर ति बैठकबाट भएका धेरैजसो निर्णय कार्यान्वयन भएका छैनन्।
२०७४ फागुन ६ गते मन्त्रिपरिषद्को पहिलो बैठकबाट विभिन्न २१ वटा निर्णय भए। लोकप्रिय हुने नाममा पहिलो बैठकबाट भएका अधिकांश निर्णय नै कार्यान्वयन भएका छैनन्।
केही निर्णयहरु तत्कालका लागि लोकप्रिय पनि बने। तर कार्यान्वयन हुन नसक्दा मन्त्रिपरिषद्का धेरै निर्णय हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको निर्णय पुस्तिकामै सिमित छन्। अन्नपूर्णमा खबर छ ।