०५ साउन २०८३, मंगलबार

दिल्ली पुर्‍याएर २६ लाख लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता

असार १९, २०७६
दिल्ली पुर्‍याएर २६ लाख लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता

एक नेपाली किशोरलाई क्यानडा पठाउने आश्वासनमा नयाँदिल्ली पुर्‍याएर लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता भेटिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान दिनेश कार्कीसहित चारजनालाई पक्राउ गरी मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्ने अन्यमा योगेश सापकोटा, सचिन बराल र जीवन भट्टराई छन् ।

प्रहरी जवान कार्कीले म्याग्दीका देवेन्द्र रोक्कालाई दिल्लीसम्म पुर्‍याएका थिए । दिल्लीमा रोक्काका बुबा र मामालाई बेहोस बनाएर उनीहरूसँग भएको २४ हजार डलर लुटिएको थियो । गिरोहले मिर्गौलासमेत निकाल्न खोजेको आशंका गरिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्