काठमाडौं – भारतको चण्डीगढबाट दिल्ली जाने विमानमा चढेका यात्रीलाई केही समय कुराएपछि इन्डिगो एयरलाइन्सले उडान रद्द भएको घोषणा गरेको छ ।
सूत्रहरूका अनुसार, विमान उडाउनलाई पाइलट नआएपछि उडान रद्द गरिएको हो । पछि यात्रुहरूलाई ट्याक्सी चढाएर दिल्ली पठाइएको थियो ।
तर एयरलाइन्स प्रवक्ताले प्राविधिक कारणले उडान रद्द गरिएको बतायो । बिहीवार बिहान इन्डिगोको फ्लाइट ७ः२५ मा उड्नुपर्ने थियो । यात्रुहरू ६ः३० बजे नै विमानस्थल पुगेका थिए । तर उडान समयभन्दा आधा घन्टाअघि उडान नहुने घोषणा गरियो ।
यात्रीहरूले उडान रद्दको पूर्वसूचना नदिएको भन्दै इन्डिगोको काउन्टरमा हंगामा गरे ।
एयरलाइन्स अधिकारीले पाइलट नभएका कारण उडान रद्द गरिएको खबर झूटो भएको बताउँदै प्राविधिक सुरक्षाका कारण नउडाइएको बताए ।
एजेन्सी