२२ जेठ २०८३, शुक्रबार

पर्यटकहरूले कमलको फूल चोरेपछि बन्द भयो पार्क

पर्यटकहरूले कमलको फूल चोरेपछि बन्द भयो पार्क

काठमाडौं – चीनको सिचुआन प्रान्तमा रहेको इको पार्कमा पर्यटकहरूले कमलको फूल चोरेपछि अधिकारीहरूले पार्क नै बन्द गरिदिएका छन् । 

अधिकारीहरूका अनुसार, दिनदिनै २०० देखि ३०० पर्यटकले पार्कको जाली फुटाएर फूल चोर्ने गरेका छन् । यसले गर्दा पार्कको सुन्दरता नष्ट भएको छ । त्यसैले वर्षभरिका लागि पार्क बन्द गरिएको छ । 

कुल ६२ एकड क्षेत्रमा फैलिएको पार्कमा मे महिनादेखि कमल फुल्न थाल्छन् अनि संसारभरिबाट पर्यटक पुग्ने गर्छन् । 

पार्कका कर्मचारी झोउले पार्कको गेट र बगैंचामा फूल नचुँड्न नोटिसबोर्ड राखिएको र रेखदेखका लागि गार्ड पनि नियुक्त गरिएको तर पर्यटकहरूलाई पूर्णतया नियन्त्रित गर्न नसकिएको बताए । 

फूल चुँडेर लैजाने मानिसहरूलाई कडा सजाय दिनुपर्ने माग स्थानीयहरूले राखेका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्