
काठमाडौं – चीनको वेङआन जियाङकोउ एक्सप्रेसवेमा एउटा कार ब्यारियरमा ठोकिएपछि उत्तानो पर्न पुग्छ । कारमा बसेकी गर्भवती महिला घस्रिँदै बाहिर निस्केको दृश्य देखिन्छ ।
सीसीटीभी क्यामरामा यो घटना रेकर्ड भएको हो ।
सडकको ब्यारियरमा ठोकिएरले उल्टिएको कारबाट हुआङ र उनकी पत्नी निस्केको देखिन्छ । घटना आइतवार भएको हो ।
पतिपत्नी र गर्भस्थ शिशुलाई दुर्घटनामा चोटपटक लागेको छैन ।
सडकमा मोड काट्न नसकेपछि एसयूभी सीधै ब्यारियरमा ठोकिन पुगेको हो । ठोकिएपछि ब्यारल फुट्छ अनि राजमार्गमा पानीको फोहरा छरिन्छ ।
त्यसको केही क्षणपछि पूरै क्षतिग्रस्त वाहनबाट उक्त जोडी घस्रिँदै निस्केको देखिन्छ । गाडीका टुक्रा सडकभरि छरिएका देखिन्छन् ।
उक्त जोडीलाई अन्य कारका मानिस ओर्लिएर सहयोग गरे ।
दुर्घटनामा गाडीको पूरा फ्रन्ट नै ध्वस्त भएको र त्यसको चक्काको एक्सेल कुच्चिएको छ ।
कारमा बसेका पतिपत्नीले सीट बेल्ट लगाएका कारण उनीहरूलाई चोट नलागेको प्रहरीले बतायो ।
कार अब कामै नलाग्ने भएको छ । घटनाको अनुसन्धान चलिरहेको छ ।
एजेन्सी