२३ जेठ २०८३, शनिबार

सरकारका प्रवक्ता भन्छन् – आइफाबारे आकाश खसेजस्तो, पहाडै धसिएजस्तो गर्नुपर्ने थिएन

सरकारका प्रवक्ता भन्छन् – आइफाबारे आकाश खसेजस्तो, पहाडै धसिएजस्तो गर्नुपर्ने थिएन

काठमाडौं – नेपालमा अन्तर्राष्ट्रिय भारतीय चलचित्र अवार्ड (आईफा) गर्ने सम्बन्धमा अनावश्यक हल्ला फिजाइएको सरकारका प्रवक्ताले टिप्पणी गरेका छन् । 

नेपालमा आइफा गर्ने विषयमा सरकारले सैद्धान्तिक सहमति जनाएपनि नेपालमा आकाशै खस्यो र पहाडै भाँसियो जस्तो गरी हल्ला गरिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले टिप्पणी गरे । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले सैद्धान्तिक सहमति जनाएपनि नेपाललाई फाइदा हुने गरी कुन मोडेलमा गर्ने भन्ने निर्णय नभएको बताएका हुन् । 

‘आईफा बेलायतमा पनि भयो, दुबईमा पनि भयो, कोरियाले पनि गर्छु भनेको थियो, त्यो बिजनेशको प्रश्न हो, इभेन्टको प्रश्न हो,’ मन्त्री बास्कोटाले भने, ‘सरकारले सैद्धान्तिक स्वीकृतिको कुरा गरेको थियो, मोडेलको पक्षमा छलफल गर्न तयार छौं भनेका थियौं । हिजोदेखि हाम्रै मिडिया बेपत्तै राष्ट्रवादी भएर निस्केका छन्, आईफा गर्नुहुन्छ भनेर लेख्न थालेका छन् ।’

नेपाललाई चलचित्र सुटिङको लागि आह्वान गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएपनि लहैलहैमा आईफाको विरोध भएको उनले गुनासो गरे ।

‘प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले घाटाको व्यापार नगरिने बताउनुभएकाले आकाश खसेजस्तो, पहाडै धसिएजस्तो गर्नुपर्ने थिएन । सरकारले छलफल गरिकन, नेपाललाई पनि आर्थिक लाभ भएमा गर्न सकिन्छ भनिएको थियो,’ मन्त्री बास्कोटाले भने, ‘हामी एकातिर भनिरहेका छौं सुटिङका लागि डेस्टिनेसन नेपाल, सरकारको नीति र कार्यक्रममा वाचन गरिएकै छ । अर्कोतिर यस्तो कार्यक्रमको विरोध गरिरहेका छौं ।’ 

salt training

कमेन्ट गर्नुहोस्