३१ जेठ २०८३, आइतबार

घुस माग्ने वडाध्यक्षविरुद्ध मुद्दा दायर

घुस माग्ने वडाध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्लाको महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाण्ड वाल’ बनाउन उपभोक्ता समिति गठन गरी काम गर्नुपूर्व नै सेवाग्राहीसँग २ लाख ७५ हजार रुपैयाँ बराबरको घुस मागेको आयोगले आरोप लगाएको छ ।

आयोगको हेटौंडाबाट गएको टोलीले अध्यक्ष र सोही वडाका मुसहर बैठालाई घुस लिँदालिँदै पक्राउ गरेको जनाएको छ । 

आयोगका अनुसार अध्यक्ष बैठाले उपभोक्ता समितिको अध्यक्ष बनाइदिने र सो काम गर्न नसके जसरी भएपनि काम दिलाइदिने भन्दै घुस मागेको पाइएको छ । आरोपी बैठालाई बिगो असुल गरी कैद सजायको समेत माग गरिएको छ । 

घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका खरीदार नीता शर्मालाई ७० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ । कार्यालयले खरीद गरेको सामानको भुक्तानी प्रयोजनका लागि कमिशन मागेको आयोगले जनाएको छ ।

आयोगको बुटवलबाट गएको टोलीले बुटवल नगरपालिका–२ मनकामना मन्दिरबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुुमार कोइरालाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्