०२ असार २०८३, मंगलबार

गीता पढिरहेका मुसलमान युवकमाथि कुटपिट

गीता पढिरहेका मुसलमान युवकमाथि कुटपिट

काठमाडौं – भारतको अलीगढस्थित शाहजमल क्षेत्रमा हिन्दूहरूको धार्मिक पुस्तक श्रीमद्भगवद्गीता पढेकोमा एक मुसलमान युवकमाथि कुटपिट भएको छ ।

युवक आफ्नै घरमा बसेर गीता पढिरहेका थिए । उनकै समुदायका दुई युवकले उनलाई गीता पढेकोमा कुटपिट गरे । यसको एफआईआर दर्ता भएको छ ।

प्रहरीका अनुसार, एक कारखानामा सुरक्षागार्डका रूपमा काम गर्ने दिलशेर बिहीवार बिहान ९ बजे घरबाट फर्केपछि गीता पढिरहेका थिए । समीर, जाकिर र अन्य युवकहरू घरमा घुसे र उसलाई कुटपिट गरे अनि गीता र रामायण खोसेर लगे । 

आफूले लामो समयदेखि धार्मिक पुस्तक पढिरहेको पीडित युवकले बताए । दिलशेरले भने, ‘म मुसलमान हुँ तर मेरो धर्मले अर्को धर्मको पवित्र पुस्तक पढ्न रोक्दैन ।’

एसपी सीटी अभिषेकले घटनाको अनुसन्धान भइरहेको र आरोपितहरूका विरुद्ध आवश्यक कारवाही छिट्टै गरिने बताए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्