
काठमाडौं – स्विट्जरल्यान्डको सैन्य प्रतिष्ठानका ४० भन्दा बढी कर्मचारी र नयाँ भर्ती भएका सैनिक बिहीवार अचानक बिरामी परेपछि अस्पताल पठाइएको सरकारले बताएको छ ।
स्विट्जरल्यान्डको रक्षा विभागले बिहीवार दिउँसो लिन्डेनको जासबाख प्रतिष्ठानमा कर्मचारी र नयाँ सैनिकहरूलाई पेटको समस्या देखिएको अनि उनीहरूलाई झाडाबान्ताले सताएको जनायो ।
‘यसले गर्दा ४३ जनालाई एम्बुलेन्स र हेलिकप्टरमा राखेर अस्पताल पठाइयो,’ विभागले जानकारी दियो ।
एक सैन्य प्रवक्ताले चारजनाको स्थिति गम्भीर रहेको एटीएस न्युज एजेन्सीलाई बताए ।
कसरी यो संक्रमण शुरू भयो भन्ने कुरा बुझ्न अधिकारीहरू लागिपरेका छन् ।
सुरक्षाका लागि जासबाखलाई क्वारेन्टाइनमा राखिएको छ । यहाँ साइबर डिफेन्स सुरक्षा तालिम दिने गरिन्छ ।
द गार्डियनबाट