२५ असार २०८३, बिहीबार

ग्लोबल आईएमई र जनता बैंकबीच मर्जरको सहमति पत्रमा हस्ताक्षर

ग्लोबल आईएमई र जनता बैंकबीच मर्जरको सहमति पत्रमा हस्ताक्षर

काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडले शुक्रवार मर्जरको लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

शुक्रवार आयोजित कार्यक्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई नै रहने छ भने सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकालले नै निरन्तरता पाउनेछन् । सञ्चालक समितिमा ग्लोबल आईएमईबाट ५ जना र २ जना जनता बैंकबाट रहनेछन् । 

प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्री रहने र वरिष्ठ डेपुटी सीईओमा ग्लोबल आईएमई बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्