०१ असार २०८३, सोमबार

फोनमा धेर झुण्डिने विद्यार्थीहरू बढी गतिछाडा हुने अध्ययनको निष्कर्ष

फोनमा धेर झुण्डिने विद्यार्थीहरू बढी गतिछाडा हुने अध्ययनको निष्कर्ष

काठमाडौं – जतिखेर पनि स्मार्टफोनमा झुण्डेर बस्ने विद्यार्थीहरूले अलिअलि मात्र फोन चलाउनेहरूभन्दा बढी यौनकर्म गर्ने गरेको एक अध्ययनले देखाएको छ । त्यस्ता विद्यार्थीहरूले बढी मानिससँग यौन गरे पनि खुशी चाहिँ नहुने पनि अध्ययनले देखाएको छ । 

अन्तर्राष्ट्रिय अनुसन्धाताहरूको एक टोलीले अमेरिकाका विश्वविद्यालयका ३ हजार ४ सय २५ विद्यार्थीमाथि सर्वेक्षण गरेर उनीहरूको फोन प्रयोग, मानसिक स्वास्थ्य र जीवनका अन्य पक्षका बारेमा सोधेका थिए । 

सर्वेक्षणमा भाग लिने पाँचमध्ये एक विद्यार्थीका बढी यौनसाथी हुने, उनीहरूमा रक्सी पिउने समस्या हुने। मानसिक स्वास्थ्य खराब हुने र अंक पनि कम आउने गरेको पाइयो । 

डेटिङ यापहरूले विद्यार्थीहरूलाई बढी साथी भेट्न सहायता गर्ने देखिएको छ । फोनमा झुण्डिरहने विद्यार्थीहरूले परम्परागत सम्बन्धलाई बेवास्ता गर्ने गरेका छन् ।

तर फोन र मानसिक स्वास्थ्यको सम्बन्धका विषयमा थप अनुसन्धान गर्नुपर्ने अनुसन्धाताहरूको भनाइ छ । तर स्मार्टफोनप्रतिको अत्यधिक लगावले मानसिक स्वास्थ्य खराब गर्ने विषयलाई चाहिँ विश्वविद्यालयहरूले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने हुन्छ । 

सर्वेक्षणमा महिला र जवान सहभागीहरूले बढी फोन प्रयोग गरिएको पाइयो । अनि स्मार्टफोन बढी प्रयोग गर्ने विद्यार्थीहरूका बढी यौन साथी हुने सम्भावना रहेको देखियो । 

फोनको प्रयोग अत्यधिक गर्नेमध्ये ३८ प्रतिशतले एक वर्षमा दुई वा त्यसभन्दा बढी यौनसाथी बनाएका थिए भने ७ प्रतिशतले चाहिँ ६ वा त्यसभन्दा बढी यौनसाथी बनाए । 

कम फोन प्रयोग गर्नेहरूमध्ये २७ प्रतिशतले दुई वा त्यसभन्दा बढी यौनसाथी बनाए । 

‘स्मार्टफोनले यौन सम्पर्कको मञ्च उपलब्ध गराउने र यसमा दीर्घकालीन सम्बन्ध तथा अस्थायी सम्बन्ध दुवै पर्ने देखिएको छ,’ अनुसन्धानकर्ताहरूले पेपरमा लेखे ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्