२७ जेठ २०८३, बुधबार

चितुवाको आक्रमणबाट घाइतेलाई २ लाख रुपैयाँ

चितुवाको आक्रमणबाट घाइतेलाई २ लाख रुपैयाँ

बाँके – डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीका दीपबहादुर श्रीसलाई राहतस्वरुप २ लाख रुपैयाँ सहयोग गरेको छ ।

नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहतकोषअन्तर्गत उक्त रकमको चेक घाइते श्रीसलाई प्रदान गरिएको डिभिजन वन कार्यालय बाँकेका डिभिजन वन अधिकृत मोहन श्रेष्ठले बताए ।

गाउँ बस्तीमा पसेर वन्यजन्तुले मानवलाई क्षति गरेमा यस्तो खालको राहत प्रदान गरिने सरकारको नियम कानूनअनुसार उनलाई सहयोग प्रदान गरिएको वन अधिकृत श्रेष्ठले जानकारी दिए ।

वन्यजन्तु गाउँ बस्तीमा पसेर कुनै पनि मानवलाई आक्रमण गरी सामान्य घाइते बनाए ५० हजार रुपैयाँ, गम्भीर घाइते बनाए २ लाख रुपैयाँ र मृत्यु नै भए १० लाख रुपैयाँसम्मको राहतबापत आर्थिक सहयोग हुने व्यवस्था रहेको छ ।

श्रीसलाई गाउँमै चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । नेपालगञ्जस्थित अस्पतालमा उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्