
एजेन्सी- फिल्मी दुनियाँ छोडेर बिहारका अभिनेता क्रांति प्रकाश झा बलिउडका टीभी अभिनेता राजेश कुमारसँग मिलेर खेती गर्न थालेका छन् । अभिनयको क्षेत्रमा नाम चलेका य दुई कलाकारको यस कामलाई मानिसहरूले प्रशंसा गरेका छन् ।
बसाइँसराइलाई रोक्नका लागि आफूहरूले खेती गर्न थालेको उनीहरूको भनाइ छ । आफ्नो कामको अरूले पनि सिको गरुन् भन्ने आफूहरूले चाहेको उनीहरूले बताएका छन् ।
अभिनयबाहेक खेती पनि महत्त्वपूर्ण हुने क्रान्ति बताउँछन् ।
क्रान्तिले छठी मैयामाथि बनाइएको भिडियोमार्फत निकै चर्चा कमाएका थिए ।