२५ असार २०८३, बिहीबार

मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने

मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने
सन्दर्भ तस्वीर

काठमाडौं- असार तेस्रो साता भइसक्दा पनि अझै मनसुन सक्रिय हुन सकेको छैन । न्यूनचापीय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाका मौसमविद् विभूति पौखरेलले बताइन् । 'मनसुन ट्रस्ट भारतको मध्य भू–भागमै रहेको छ । उक्त ट्रस्ट विस्तारै नेपालसम्म आइपुग्न तीन–चार दिन लाग्ने छ,' मौसविद् पोखरेलले भनिन् । 

जल तथा मौसम पूर्वनुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वनुमान जारी गदै आज देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

आइतवार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमवार देशैभरी आंशिकदेखि सामान्य बद्ली रही एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा धेरै नेपालगञ्जको अधिकमत तापक्रम ३६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्