२६ जेठ २०८३, मंगलबार

पुरुषहरुले गर्ने चार रिसउठ्दा कुराहरु

असार २१, २०७६
पुरुषहरुले गर्ने चार रिसउठ्दा कुराहरु

तपाईंको पुरुष पक्कै पनि निकै राम्रो हुनुहुन्छ तर तपाईंलाई रिसउठ्ने केहि कुराहरु गर्दै गर्नुहुन्न भन्ने छैन । यहाँ उहाँले गर्ने केहिे कुराहरु दिइएका छन् जसलाई तपाईंले सामना गनुपर्ने हुन्छ ।

तपाईंहरु डेटमा जाँदा मेसेज गर्ने बानीः

तपाईंहरु डेटमा जाँदा उहाँले कसैलाई मेसेज गरिररहेको र बिजनेस कल लिएको देख्दा कसलाई पो रिस उठ्दैन र ? तर, रिलेसनसिप एक्सपर्टहरुका अनुसार उहाँको यस्तो व्यवहारले उनलाई अशिष्ट भन्न मिल्दैन । डेटको बेलामा बाहिरको टेन्सन नलिई एक अर्कालाई समय दिन चाहेको कुरा तपाईंले उहाँलाई नरमसँग भन्न सक्नुहुन्छ ।

बिचारको बारेमा सोध्दा ‘मलाई मतलब छैन’ भन्ने बानीः

तपाईंलाई के कुरा ठिक लाग्छ भन्ने कुरा थाहा नपाएको खण्डमा तपाईंको पुरुष चुप लाग्ने गर्दछन् । त्यसैले यदि तपाईंले केहि कुराको बारेमा सल्लाह माग्दा वा बिचारको बारेमा सोध्दा धेरैजसो ‘मलाई मतलब छैन’ भन्ने उत्तर आउने गर्दछ । तपाईंले आफ्नो मनपर्ने कुराको बारेमा आफ्नो पुरुषलाई भन्नुहोस् र उहाँको बिचार आफ्नो जीवनमा धेरै महत्व राख्ने कुरा पनि भन्न नबिर्सिनुहोस् ।

अफिसबाट फर्कदाँ धेरैजसो चुपचाप लाग्ने बानीः

अफिसको कामले उहाँलाई धेरै तनाव दिइरहेको कुरा बुझ्नुहोस् । उहाँ अफिसबाट फर्किसकेपछि आफैँसँग केहि समय बिताउने मौका दिनुहोस् । उहाँलाई अफिसबाट आउने बित्तिकै बाहिर जाने कुरा र आफूलाई समय दिने कुरामा कचकच गर्न थाल्नुभयो भने उहाँलाई रिस उठ्ने सम्भावना बढि हुन्छ । केहि समयका लागि एक्लै हुनाले उहाँको आत्मबलमा वृद्धि भई मुड परिवर्तन हुने गर्दछ ।

तपाईं तयार हुन लगाएको समयमा रिसाउने बानीः

यो निकै साधारण कुरा हो । पुरुषहरु तयार हुन धेरै समय लगाउँदैनन् र जब तयार हुन्छन् तब कुर्न झर्को मान्ने गर्दछन् । उहाँ तयार भइसकेपछि केहि रचनात्मक कामहरु गर्न लगाउनुस् जस्तै रेष्टुरेन्टमा फोन गरेर रिजर्भ भए नभएको पत्ता लगाउने अथवा कुकुरलाई बाहिर लैजाने जस्ता कुराहरु गरेर उहाँलाई भुलाउन सक्नुहुन्छ र आफू मज्जाले तयार हुन सक्नुहुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्