
दाङ – जिल्लाका एक युवा ६ दिनदेखि बेपत्ता छन् ।
तुलसीपुर उपमहानगरपालिका–१९ हाडिमेका १६ वर्षीय राजेन्द्र चौधरी यही असार १८ गतेदेखि हराएकामा अझैसम्म सम्पर्कमा नआएको स्थानीय चन्द्र पुनले बताए ।
असार १८ गते साँझ चमाइ खोलाको वनकट्टी बाँधमा खेल्न गएका बेला त्यहाँ पालिएका हाँसलाई उनले जिस्क्याएका थिए ।
हाँस धनीले हप्काएपछि त्यसपछि त्यहाँबाट भागेका उनको कुनै पत्तो नलागेको उनको भनाइ थियो ।