०४ असार २०८३, बिहीबार

आचार्य अब भुटानका लागि गैरआवासीय नेपाली राजदूत

आचार्य अब भुटानका लागि गैरआवासीय नेपाली राजदूत

काठमाडौँ -भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य भुटानका गैरआवासीय राजदूतमा नियुक्त भएका छन् ।

सोमवार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै आचार्यलाई भुटानको गैरआवासीय राजदूतमा नियुक्ति गरिएको जानकारी दिएको छ ।

नेपालको संविधानको धारा २८२को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई भुटानका लागि गैरआवासीय राजदूत नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्