काठमाडौं – भारतको कर्नाटक सरकारमाथिको संकटमा नयाँ नयाँ घटनाक्रम विकसित हुँदै गइरहेका छन् ।
सूत्रहरूका अनुसार, पद र पार्टीबाट राजीनामा दिएर मुम्बईको सोफिटेल होटलमा बसेका बागी विधेयकहरू अब गोवा गएका छन् । उता पूर्व मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता बीएस येदियुरप्पाले मुख्यमन्त्री कुमारास्वामीको राजीनामा मागेका छन् ।
बागी विधेयकहरूलाई मन्त्री पदको प्रलोभन दिने उपमुख्यमन्त्री जी परमेश्वरको प्रस्ताव पनि निष्फल भएको छ । सोमवार बिहान सोफिटेल होटलमा आयोजित बैठकमा कर्नाटकका बागी विधायकहरूले बहालवाला सरकारमा मन्त्री बन्नुको कुनै अर्थ नभएको किनकि कांग्रेस सरकारको स्थिरतालाई सजिलै पल्टाउन सकिने निष्कर्ष निकालेका छन् ।
विधायकहरू मन्त्री पदलाई अस्वीकार गरी राजीनामामा दृढ छन् । भाजपाको नेतृत्वमा बन्ने नयाँ सरकारको हिस्सा उनीहरू बन्न चाहन्छन् । गठबन्धनले डीके शिवकुमारलाई बागी विधायक मनाउन लगाएको भए पनि उनी सफल भएनन् ।
बागी विधायकहरूलाई मुम्बईको सोफिटेल होटलमा राख्दा भाजपा नेताहरूले निगरानी गरेका थिए । यसबीच भाजाप नेताहरूले केही थप विधायक बागीहरूको समूहमा जोडिने बताएका थिए ।
उता कांग्रेस कार्यकर्ताहरूले सोमवार सोफिटेल होटलबाहिर विरोध प्रदर्शन गरे । कार्यकर्ताहरू कर्नाटकका बागी विधेयकलाई राजीनामा फिर्ता लिन भनिरहेका छन् ।
सोमवार दुई निर्दलीय विधायकले पनि कांग्रेस–जेडीएस सरकारबाट समर्थन फिर्ता लिएका छन् । दुई विधायकसहित अहिलेसम्म १५ विधायकले समर्थन फिर्ता लिएका हुन् ।
एजेन्सी