२८ जेठ २०८३, बिहीबार

दुर्घटनाका कारण दृष्टि गुमाएको गधाले पायो चश्मा

दुर्घटनाका कारण दृष्टि गुमाएको गधाले पायो चश्मा

काठमाडौं – दुर्घटनामा परी आँखाको दृष्टि गुमाएको एक गधालाई विशेष चश्मा दिइएको छ । 

जोन्टी नामक त्यस गधाको आँखा काँडाले घोचेर फुटेको थियो । 

उसको आँखाबाट काँडा हटाइयो र शल्यक्रियाका क्रममा भएको स्ट्रेसका कारण उसको दृष्टि गुम्दै गयो । 

दृष्टि पुनः प्राप्त गराउनका लागि जोन्टीले विशेष तरिकाले बनाएको चश्मा लगाउनुपर्ने भएको छ । चश्माले उसको आँखालाई परावैजनी किरणबाट जोगाउनेछ । 

डेभोनको सिडमाउथस्थित पशु चिकित्सालयमा विशेषज्ञ चिकित्सकले उसको आँखाको उपचार गरिरहेका छन् । 

चिकित्सक भिकीले भनिन्, ‘उसका लागि मास्क जस्तो चश्मा हामीले बनाएका छौं र उसको दृष्टिमा केही प्रगति भएको छ । तर उसको आँखाको पछिल्तिरको भाग अझै क्षतिग्रस्त छ ।’

जोन्टीले यो गर्मी महिनाभरि चश्मा लगाउनुपर्नेछ र गधा संरक्षण केन्द्रका पशु चिकित्सकहरूले उसको आँखाको स्वास्थ्यमा आएको प्रगति हेर्नेछन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्