
काठमाडौं–घुससहित इन्जिनियर, नायव सुब्बा र एक कार्यालय सहयोगी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
बाराको पचरौता नगरपालिकाका ईन्जिनियर राम प्रकाश सतरा, कार्यालय सहयोगी धुव्र महतो र नायव सुब्बा बद्रीकुमार थापालाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
सतरा र महतोलाई १५ हजार तथा नायव सुब्बा थापालाई १४ हजार घुसवापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
पचरौता नगरपालिकास्थित विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भए पश्चात नियमानुसार भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी उनीहरुले विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस माग गरेका थिए ।