२३ जेठ २०८३, शनिबार

विमानको ल्यान्डिङ गीयर मर्मत गरिरहेका प्राविधिकको मृत्यु

विमानको ल्यान्डिङ गीयर मर्मत गरिरहेका प्राविधिकको मृत्यु

काठमाडौं – भारतको कोलकातामा रहेको नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा विमान मर्मतका क्रममा भएको दुर्घटनामा परी स्पाइजेटका एक प्राविधिकको मृत्यु भएको छ । 

प्राविधिकको शरीर ल्यान्डिङ गीयरको ढोकामा नराम्ररी च्यापिएको थियो । उनलाई फायर ब्रिगेडले बल्लबल्ल बाहिर निकाल्यो । 

कोलकाता विमानस्थलका अधिकारीले मंगलवार राति १ बजेतिर प्राविधिकले बम्बार्डियर क्यू४०० विमानको ल्यान्डिङ गीयरको मर्मत गरिरहेको बेलामा अचानक त्यसको ढोका बन्द भएर उनी त्यहीँ फसेको बताए । 

विमान अधिकारीले घटनाको अनुसन्धान गरिने बताएका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्