
काठमाडौं – इटलीको आल्प्स पर्वतमा एउटा हेलिकप्टर पर्यटक विमानसँग ठोकिएको भिडियो सार्वजनिक भएको छ । दुर्घटनामा सातजना मारिएका थिए ।
एओस्ता उपत्यकामा रहेको रुटोर हिमनदीनेर यो दुर्घटना जनवरी २५ मा भएको थियो । इटलीको पर्वत उद्धार टोली सोक्कोरोसो आल्पिनोले भिडियो सार्वजनिक गरेको हो ।
दुईवटा गोप्रो क्यामरा दुर्घटनास्थलमा फेला परेका थिए । त्यसमा दुर्घटना हुनुका क्षण क्याप्चर भएको छ ।
फ्रान्सबाट आएको मेगेभे पर्यटक विमान र इटलीको हेलिस्की हेलिकप्टर ठोकिएपछि शान्तिपूर्ण दृश्य छिन्नभिन्न भएको देखिन्छ । दुर्घटनाका दुईथरी दृश्य देख्न पाइन्छ ।
एउटामा विमानको पछाडिको दृश्य देखिन्छ भने अर्को चाहिँ हेलिकप्टरको अगाडिको झ्यालबाट देखिएको दृश्य हो ।
हेलिकप्टर र विमान ठोकिएपछि टुक्राहरू उडेको र दुवै विमान भुइँमा खस्न थालेको देखिन्छ ।
हेलिकप्टर चाहिँ दुर्घटना हुनुभन्दा अलिक अगाडि मात्र उडेको अनि उसले फ्रान्सेली विमान आएको नदेखेको पाइएको छ ।
एजेन्सी