
काठमाडौं – सानो हात्तीले एक भोकी सिंहिनीसँग खतरनाक भिडन्त गरेको भिडियो जिम्बाब्वेको ह्वांगे राष्ट्रिय निकुञ्ज पुगेका पर्यटकहरूले खिचेका छन् ।
छक्क परेका दर्शकहरूले यी दुई जनावरबीचको भिडन्त अफ्रिकी सफारीमा देख्न पाएका हुन् ।
यो खतरनाक भिडन्त पर्यटकहरूभन्दा केही यार्ड पर भएको थियो । भिडियोमा सिंहिनीले हात्तीमा झुण्डिएको अनि हात्तीले जीवन बचाउनका लागि संघर्ष गरेको देखिन्छ ।
सिंहिनीले आफ्ना नंग्रा हात्तीको बाक्लो छालामा गाडेको थियो र उसको टाउको चपाएको थियो । आफ्ना डमरुलाई भोजन जुटाउन सिंहिनीले हात्ती ताकेकी थिइन् ।
तर हात्ती सजिलै हार मान्दैन । उसले पनि टाउको उठाउँछ र छुटाउन कोशिश गर्छ ।
उसले संघर्ष गरिरहन्छ र सिंहिनीले उसलाई मार्ने कोशिश बढाउँदा तनावमा पर्छ ।
तर हात्तीको विजय हुन्छ । उसले सिंहिनीलाई फ्याँक्न सफल हुन्छ । त्यसपछि सिंहिनी झाडीपछाडि गएर डमरु सम्हाल्न थाल्छे ।
एजेन्सी