२२ जेठ २०८३, शुक्रबार

बिहेमा रमाइलोका लागि गोली चलाउँदा दुलाहाको मृत्यु

बिहेमा रमाइलोका लागि गोली चलाउँदा दुलाहाको मृत्यु

काठमाडौं – भारतको पटनामा एक विवाहमा उत्सवका रूपमा गोली चलाइँदा दुलाहाको मृत्यु भएको छ भने उनका भाइ अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेका छन् । 

दुलाहाका साथीले तीन गोली हान्दा गलत निशाना लागेको थियो । 

दुलाहा सत्येन्द्र कुमारले दुलही भुलेतान राईसँग माला साटासाट गरेको केही मिनेटपछि गोलीकाण्ड भएको थियो । 

विवाहको रमाइलो क्षण अचानक शोकमा परिणत हुन पुगेको थियो । दुलाहालाई तत्कालै अस्पताल लगिएको भए पनि उनको भोलिपल्ट बिहान मृत्यु भयो । 

गोली हान्ने व्यक्तिको पहिचान खुलाइएको छैन । उनले राति ११ बजेतिर हावामा गोली हानेका थिए । तर उनले ब्यारलमा अड्किएको गोली सफा पार्न खोज्दा गलत निशानामा गोली परेको थियो । 

एउटा गोली दुलाहालाई लाग्यो भने अर्कोले उनका भाइ गुड्डु कुमारलाई गम्भीर घाइते बनायो । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

बिहार प्रहरीले हालै उत्सव मनाउँदा बन्दूक पड्काउन प्रतिबन्ध लगाएको छ किनकि हावामा गोली हान्दा पनि मानिसहरू मर्ने वा घाइते हुने धेरै घटना भएका थिए । 

प्रतिष्ठा, पैसा र बाहुबल देखाउनका लागि बिहे जस्ता समारोहमा बन्दूक पड्काइने गरेका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्