०३ साउन २०८३, आइतबार

अमेरिकन एयरलाइन्सको दुर्व्यवहार - शरीर पूरै छोपेर आऊ भन्दै महिलालाई जहाज चढ्न रोकियो

अमेरिकन एयरलाइन्सको दुर्व्यवहार - शरीर पूरै छोपेर आऊ भन्दै महिलालाई जहाज चढ्न रोकियो

काठमाडौँ - अमेरिकाको ह्युस्टन निवासी एक महिलालाई अमेरिकी एयरलाइन्सका कर्मचारीहरूले दुर्व्यवहार गरेका छन् । जहाजमा चढ्नै लागेकी तिसा रोवेलाई कपडा उत्तेजक भएको भन्दै जहाजका कर्मचारीहरूले रोकेका थिए । मंगलवार पीडित यात्री तिसाले वाशिंगटन पोस्टलाई आफूलाई दुर्व्यवहार गरिएको र टिकटको पैसा फिर्ता नगरेको बताएकी छिन् ।

जहाजका कर्मचारीहरूले उनलाई मात्र होइन उनको ८ वर्षको छोरालाई पनि फिर्ता पठाइदिएका थिए । पीडित तिसा पेशाले डाक्टर हुन् । तिसाले आफूमाथि दुर्व्यवहार भएको सार्वजनिक गरेपछि अमेरिकी एयरलाइन्सका प्रवक्ता शनान गिल्सनले कम्पनीले यात्रीलाई पूरै पैसा फिर्ता गरिदिएको दाबी गरेका छन् ।

पीडित महिला तिसा रोवे र उनको छोरा जमाइकामा एक हप्ता छुट्टी मनाएर अमेरिका फिर्ता हुँदै थिए । जब उनी आफ्नो छोरासँग किंगस्टन विमानस्थल पुगिन् तब उनी पसिनाले भिजेकी थिइन् । 'जब पसिनाका कारण म भिजें तब कपडा सुकाउनका लागि म वाथरुम गएँ,' उनले भनिन्, चिसा कपडा खोलेर केही बेर सुकाएपछि म फ्लाइटमा चढ्न खोजें । त्यसपछि एक फ्लाइट एटेनडेन्टले मलाई कुरा गर्न भनेर बाहिर लगिन् ।'

त्यसपछि उनलाई ज्याकेट छ कि छैन भनेर सोधियो तर उनीसँग ज्याकेट थिएन । उनलाई अर्को कपडा लगाएर आउ भन्दै प्लेनमा चढ्न दिइएन । उनका अनुसार त्यसपछि छोरा रुन थाल्यो । अनि तिसा बाहिर निस्किइन् ।

salt training

कमेन्ट गर्नुहोस्