
काठमाडौँ - इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेटको सेमीफाइनल खेलमा न्युजिल्यान्ड सामु भारतले घुंडा टेकेको छ । भारतलाई न्युजिल्यान्डले १८ रनले हराएको हो । यससँगै भारतको विश्वकप जित्ने सपनाको अन्त्य भएको हो ।
बुधवार म्यानचेस्टरमा भएको खेलमा न्युजिल्यान्डले भारतलाई २ सय ४० रनको लक्ष्य दिएको थियो ।
भारतले उक्त लक्ष्य पछ्याउन मेहेनेत त गर्यो तर न्युजिल्यान्डका अगाडि भारतको केही सीप लागेन । भारत ३ बल बाँकी रहँदा २ सय २१ रनमा अलआउट भएको हो ।
भारतका लागि रविन्द्र जडेजाले ७७ रन जोडेका थिए भने महेन्द्रसिंह धोनीले ५० रन जोडेर अन्तिम ३९ औं ओभरको तेस्रो बलमा आउट भए ।
धोनी आउट भएपछि भारतले लगातार दुई विकेट गुमायो । यससँगै भारतको विश्वकप यात्रा अन्त्य भएको छ ।