
काठमाडौं –सरकारले सबै निकायसँग तथ्यांक संकलन गरेपछि मात्रै पीडितहरुका लागि आवश्यक आवास पुनःनिर्माणको काम अघि बढाउने निर्णय गरेको छ ।
आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
सरकारले पीडितहरुको राहत, उद्धार र उपचारका काममा आवश्यक समन्वय गर्न संघीय, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरूलाई आग्रह गरेको उनले जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।