०४ असार २०८३, बिहीबार

कुवेतमा आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी, तीन नेपालीको मृत्यु

असार ३०, २०७६
कुवेतमा आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी, तीन नेपालीको मृत्यु

काठमाडौं। खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । सो घटनामा सर्लाहीका विजय बैठा सहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

शनिवार राती भएको आगलागीमा अप्सरा कामी र गौरी दर्जी नामका दुई महिलाको मृत्यु भएपनि उनीहरुको नेपाल ठेगाना खुल्न नसकेको बताइएको छ ।

आगलागीबारेको खवर प्राप्त भएपनि घटनाका पीडित नेपालीबारे विस्तृत विवरण प्राप्त नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए । नेपाल समाचारपत्रमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्