०४ असार २०८३, बिहीबार

प्रदेशमा भर्ना हुने प्रहरी आईजीपी बन्न नपाउने

असार ३०, २०७६
प्रदेशमा भर्ना हुने प्रहरी आईजीपी बन्न नपाउने

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रदेश प्रहरी प्रमुख (डीआईजी) केन्द्र मातहत रहने गरी प्रहरी प्रहरी समायोजन विधेयकलाई अन्तिम रुप दिएको छ । समितिको आइतबार बसेको बैठकले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्नेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई परिमार्जनसहित अनुमोदन गरेको हो । 
आजको कान्तिपुर दैनिकका अनुसार प्रदेश कानुनअनुसार भर्ती भएका प्रहरीलाई केन्द्रमा महानिरीक्षक हुन बन्देज लगाइएको छ । उनीहरु प्रदेशको उच्चतम पद एसएसपीसम्म मात्रै बढुवा हुन पाउनेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्