काठमाडौं – भारतीय जनता पार्टीको संसदीय दलको बैठक मंगलवार संसद्को पुस्तकालय भवनमा भएको छ ।
बैठकको अध्यक्षता प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले गरे । बैठकमा मोदीले सांसदहरूलाई समाजसेवा गर्न भने । अनि मन्त्रीहरूको कामका विषयमा पनि उनले कडा दृष्टिकोण अपनाए ।
मन्त्रीहरू ड्युटीमा नआए विपक्षीहरूले गुनासो गर्ने उनले बताए । ड्युटीमा नजाने मन्त्रीहरूको नाम पनि उनले मगाए ।
उनले भने, ‘रोस्टर ड्युटीमा नजाने मन्त्रीहरूको नाम मलाई दिनुस्, सबैलाई ठीक पार्न मलाई आउँछ ।’
राज्यसभा र लोकसभामा मन्त्रीहरूको दुई दुई घन्टाको ड्युटी हुन्छ र मन्त्रीहरू सदनमा विपक्षीले प्रधानमन्त्रीलाई पत्र पठाएर गुनासो गर्ने गरेको उनले बताए ।
बैठकमा सांसदहरूले आफ्नो क्षेत्रमा इन्नोभेटिभ तरिकाले सोच्न भने । उनले सांसदहरूलाई सामाजिक कार्यमा जोडिन पनि भने ।
एजेन्सी