काठमाडौं – भारतको गुजरात सेकेन्डरी यान्ड हायर सेकेन्डरी एजुकेसन बोर्डका अधिकारीहरूले सामूहिक चिट चोरीको घटना पत्ता लगाएका छन् ।
बाह्र कक्षाको परीक्षामा ९५९ विद्यार्थीहरूले हुबहु एउटै उत्तर दिएका थिए । सामूहिक चिटचोरीको यो सबभन्दा ठूलो घटना हो ।
चिट चोरीमा नियन्त्रण गर्नका लागि कडा उपाय अपनाइएको भए पनि यस्तो घटना भएको छ ।
ती सबै विद्यार्थीको रिजल्ट सन् २०२० सम्मका लागि रोकिएको छ । उनीहरूले चिट चोरेको विषयमा फेल गराइएको छ ।
अनेकौं उजुरीपछि बोर्ड अधिकारीहरूले चिट चोरिएको भनिएको सेन्टरहरूका उत्तरपुस्तिका जाँचे । ती सेन्टर मुख्य गरी जूनागढ र गिर–सोमनाथ जिल्लामा छन् ।
अधिकारीहरूका अनुसार, ९५९ परीक्षार्थीहरूले सबै प्रश्नको एउटै उत्तर दिएका थिए । उनीहरूको उत्तरक्रम पनि हुबहस थियो र सबैले एउटै गल्ती गरेका थिए ।
ती सेन्टरहरूमा २०० विद्यार्थीले छोरी परिवारका दियो हुन् भन्ने निबन्ध शुरूदेखि अन्तिमसम्म एउटै लेखे । अनि अकाउन्टिङ, इकोनोमिक्स, अंग्रेजी साहित्य र तथ्यांकशास्त्र छन् ।
परीक्षा केन्द्रमा शिक्षकहरूले डिक्टेसन गराएर उत्तर लेखाएको विद्यार्थीहरूले बताए ।
एजेन्सी