१९ असार २०८३, शुक्रबार

अल्मोडामा बाँदरले दुःख दिएपछि बन्ध्याकरण गराइने

अल्मोडामा बाँदरले दुःख दिएपछि बन्ध्याकरण गराइने

काठमाडौं – भारतको अल्मोडामा बाँदरले निरन्तर आक्रमण गरेपछि एक हजार बाँदरहरूलाई बन्ध्याकरण गरिने भएको छ । बाँदरको आक्रमणका कारण मानिसहरू घर छोडेर हिँड्न समेत डराइरहेका छन् ।

अल्मोडाको वन विभागले चिडियाखानामा बन्ध्याकरण केन्द्र राखिएको छ । त्यहाँ ९२ बाँदरको बन्ध्याकरण गरिएको स्थानीय मिडियाले लेखेको छ । 

विभाग अधिकारीहरूले यस वर्ष मात्र एक हजार बाँदरको बन्ध्याकरण गरिने जानकारी दिए । 

चालीस नयाँ खोर पनि बनाइनेछ भने सामूहिक बन्ध्याकरणका लागि एक पशुचिकित्सक नै नियुक्त गरिएको छ । 

उक्त क्षेत्रमा बाँदरहरूले धेरै मानिसलाई घाइते बनाएपछि यो कदम चालिएको छ । 

दुगलखोलाका एक स्थानीय कमलेश सिंहले बाँदरहरूले शहरमा आतंक मच्चाएको बताए । 

उक्त क्षेत्रमा रहेका बाँदरहरूले अन्नबाली नष्ट गर्ने अनि खानेकुराका लागि मानिसहरूलाई आक्रमण गर्ने गरेका छन् ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्