०७ असार २०८३, आइतबार

अन्तत: नेकपाको एकता प्रक्रियाले पूर्णता पायो

अन्तत: नेकपाको एकता प्रक्रियाले पूर्णता पायो
फाइल तस्बिर

काठमाडौँ–एकीकरण भएको १३ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुंगोमा पुगेको छ । 

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको वार्ताबाट एकताको टुंगो लगाइएको हो । 

आज दुई अध्यक्षबीच भएको  छलफलबाट सङ्गठनसँग सम्बन्धित सबै प्रक्रिया  टुुंगो लागेको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।  

 पौडेलका अनुसा पार्टीका केन्द्रीय आयोग, विभाग, केन्द्रीय सल्लाहकार परिषद्, विशेष प्रदेश, अन्तर्राष्ट्रिय प्रवास कमिटी गठन, कार्यविभाजनलगायत एकताका बाँकी रहेका सम्पूर्ण कामलाई अन्तिम रुप दिइएको छ ।

 आज टुङ्गिएको गृहकार्य साउन ५ गते बस्ने पार्टीको सचिवालय बैठकमा पेश हुने र त्यसपछि कार्यान्वयन जाने महासचिव पौडेलले जानकारी दिए । 

एक्ता टुंगो लगाउने सम्बन्धी बैठकमा अध्यक्षद्वय, महासचिव पौडेल र पार्टी नेता रामबहादुर थापा सहभागी थिए । 

यसैबीच सहमतिबारे वरिष्ठ नेता माधव नेपालको भने धारणा आइसकेको छैन । उनले भागबण्डाबारे असहमति राख्दै आएको बेला उनको सहमतिमा टुंगो लगाइएको हो या होइन भन्नेबारे स्पष्ट भइसकेको छैन।  

मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा सम्बोधन गर्दै गत असार १४ गते प्रधानमन्त्री समेत रहेका ओलीले ओलीले असार महिनाभित्रै पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने बताएका थिए । 

यस्तै अध्यक्ष प्रचण्डले पनि असारभित्र एकताको सवै काम सकाउने घोषणा गर्ने गरेका थिए । दुई अध्यक्षले एकताको टुंगो लगाउने भन्दै पटक पटक भाका दिने तर निर्णयमा पुग्न नसकेको भन्दै आलोचना समेत हुने गरेको अवस्थामा मंगलबार भने सबै प्रक्रिया टुंगो लगाइएको हो । 

सहमति अनुसार पार्टीको ३२ विभागमध्ये १८ वटा तत्कालीन एमाले र १४ वटा तत्कालीन माओवादीको भागमा परेको छ ।

यस्तै जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जमा भने ६० र ४० को आधारमा बाँडफाँड भएको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्