२३ जेठ २०८३, शनिबार

आत्मीय क्षण बिताइरहेको जोडी नवौं तल्लाबाट खस्यो, महिलाको मृत्यु

आत्मीय क्षण बिताइरहेको जोडी नवौं तल्लाबाट खस्यो, महिलाको मृत्यु

काठमाडौं – रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक भवनको नवौं तल्लामा आत्मीय क्षण बिताइरहेको एक जोडी भुइँमा खसेको छ । महिलाको मृत्यु भएको छ भने उनीमाथि खस्ने पुरुष चाहिँ बाँचेका छन् । 

तीस वर्षीया महिला भवनको फेदमा मृत अवस्थामा फेला परेकी थिइन् । 

घटना असार २० गते भएको हो । त्यो राति उक्त जोडीले निकै जंगली पार्टी गरेको छिमेकीहरूको भनाइ छ । 

प्रत्यक्षदर्शीहरूले फ्ल्याटको झ्यालबाट एउटा टेलिभिजन फ्याँकिएको देखे । त्यसपछि महिला र उनका २९ वर्षीय प्रेमी भुइँमा बजारिए । 

महिलाको टाउको तलको पक्की भुइँमा बजारिएको थियो र उनको तत्कालै मृत्यु भयो । तर पुरुष चाहिँ महिलाको शरीरमाथि खसेको अनि नजिकैको झाडीमा पनि अड्किएकोले बाँचे । 

प्रत्यक्षदर्शीहरूका अनुसार, अर्धनग्न पुरुष लडेपछि उठे अनि पार्टीमा फेरि भाग लिन गए । 

प्रहरीलाई घटनास्थलमा बोलाइयो । प्रहरीलाई देखेपछि पार्टीमा रमाइरहेकाहरूले झ्यालबाट एक कुचो प्रहरीलाई मिल्काए । 

महिला कम्मरमुनि नग्न रहेको घटनास्थलका तस्वीरले देखाएका छन् । 

प्रत्यक्षदर्शीहरूसँगको अन्तर्वार्तापछि अनुसन्धानकर्मीहरूले उक्त जोडी झ्यालछेउमा बसेर सेक्स गरिरहँदा लडेको निष्कर्ष निकालेको छ । 

जोडी खस्दा फ्ल्याटमा दुई अन्य पुरुष पनि थिए तर उनीहरूले लडाएका भने हैनन् । 

हत्याको अपराध मानेर यसको अनुसन्धान प्रहरीले गरिरहेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्