२९ जेठ २०८३, शुक्रबार

सुनिलसँगको झगडाका कारण कपिललाई १०७ करोड भारु घाटा

कात्तिक २०, २०७४
सुनिलसँगको झगडाका कारण कपिललाई १०७ करोड भारु घाटा
काठमाडौं, १३ चैत — कपिल शर्मा र सुनिल ग्रोवरबीचको विवादमा नयाँ नयाँ रहस्य खुल्दै गएका छन् ।


कपिलसँग चित्त दुखाएका सुनिल, चन्दन प्रभाकर र उनीहरूलाई साथ दिने अली असगरले शो बहिष्कार गरेका छन् । यीमध्ये कोही पनि शूटिङमा आएनन् ।

बलिउडका सेलिब्रिटी पनि कपिलको शोमा आउन मानेनन् । यो समस्या नसुल्झिएमा शो नै बन्द गर्ने सोचमा निर्माताहरू पुगेका छन् ।

कपिलको कन्ट्र्याक्ट अप्रिलमा सकिँदैछ र उनलाई नयाँ सम्झौताका लागि १०७ करोड भारु दिइनेछ । शोले राम्रै व्यापार गरिरहेको भएपनि विवादका कारण निर्माताहरूले ठूलो निर्णय लिनुपर्ने देखिन्छ ।

तीन प्रमुख कलाकारले शो छोडेकाले यसको टीआरपी पक्कै घट्ने देखिन्छ ।

कलाकार फर्केनन् भने कपिलले १०७ करोड भारु गुमाउने स्थिति छ ।

भनेसी, कपिल शर्माको शो बन्द हुन लागेको हो त ?

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्