०५ असार २०८३, शुक्रबार

मोबाइलमा मस्त युवकलाई दुईवटा साँढेले हिर्काएर लडाएपछि... (भिडियो)

मोबाइलमा मस्त युवकलाई दुईवटा साँढेले हिर्काएर लडाएपछि... (भिडियो)

काठमाडौं – भारतको मुम्बईमा अक्षय नामक युवक मोबाइलमा मस्त हुँदा दुईवटा साँढेले हिर्काएर घाइते भएका छन् । 

उनले मोबाइलमा एसएमएस चेक गरिरहँदा साँढेहरूले आक्रमण गरेका हुन् । 

उनलाई लडाएपछि साँढेहरूले कुल्चेका थिए । उनका अंग सुन्निएका छन् भने पेट काटिएको छ ।

बीई फाइनल ईयरमा अध्ययनरत अक्षयको अस्पतालमा उपचार भइरहेको छ । उनले भने, ‘म फोनमा मेसेज चेक गरेर बसिरहेको थिएँ । कताबाट साँढेहरू आइपुगेछन् । उनीहरू नजिकै आइपुगेपछि मात्र मैले थाहा पाएँ अनि बाटोबाट हट्न भ्याइनँ । एक सेकेन्डको अन्तरमा सबैथोक भयो ।’

सीसीटीभी फूटेजमा अक्षय एउटा खाली गल्लीमा मोबाइल फोनको स्क्रीनमा मस्त भएको देखिन्छ । घटना साउन २८ गते भएको हो । 

उनी मोबाइलमा हराउँदा दुई साँढे आइपुग्छन् र उनलाई दनक दिएर भुइँमा लडाउँछन् । त्यसपछि उनीहरू त्यही गल्लीमा अगाडि दौडिन्छन् । 

एउटा कुकुर डराएर भागेको देखिन्छ । एक बटुवा हलचल नगरी लडेका अक्षयकहाँ पुग्छन् ।

बटुवाले हात हल्लाएर अरू मानिसलाई सहयोग गर्न आउनुस् भन्दै बोलाउँछन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्