१२ असार २०८३, शुक्रबार

चार भियतनामी बालबालिका माछा पोखरीमा डुबे

चार भियतनामी बालबालिका माछा पोखरीमा डुबे
फाइल फोटो

भियतनाम- भियतनामको मध्य प्रान्त खान्ह होआमा बुधवार माछा पोखरीमा डुबेर चार बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय सञ्चार माध्यमले बिहीवार उक्त जानकारी दिएका छन् । खान्ह भिन्ह जिल्लामा रहेको यस पोखरीमा नुहाउन गएका तीन बालक र एक बालिका गहिरो खाल्डोमा डुबेका थिए । 
यी चार बालबालिका नजिकका आफन्त भएको समाचारमा जनाइएको छ । 

भियतनाममा बालबालिका डुबेर मर्ने घटनाक्रम एक महामारीको रुपमा रहेको र यहाँ प्रत्येक वर्ष दुई हजारभन्दा बढी बालबालिका डुबेर मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

दक्षिण पूर्वी एशियाका अरु देशको तुलनामा बालबालिका डुबेर मर्ने घटना भियतनाममा १० गुणा बढी हुने गरेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्