२२ जेठ २०८३, शुक्रबार

कर्मचारीलाई मन्त्रीको निर्देशन- समयमा कार्यालय आउनू

कर्मचारीलाई मन्त्रीको निर्देशन- समयमा कार्यालय आउनू
फाइल फोटो

हेटौंडा- प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश शिक्षा निर्देशनालयको बिहीवार अनुगमन तथा निरीक्षण गरेका छन् । 

बिहान १०ः४० बजे प्रदेश शिक्षा निर्देशनालयमा पुग्दा दुई जना कार्यालय सहयोगी मात्र भेटिएको उनले  जानकारी दिए । 

मन्त्री दुलालका अनुसार १०ः४० बजेसम्म कार्यालय सहयोगीबाहेक प्रमुख, उपप्रमुखलगायत कोही पनि कर्मचारी कार्यालयमा आइपुगेका थिएनन् ।

अनुगमनका क्रममा अनुपस्थित रहेका नौ जना कर्मचारीको हाजिरी रजिस्टरमा उनले रेजा लगाएका थिए ।

मन्त्री दुलालले कर्मचारीलाई समयमा र नियमितरुपमा कार्यालयमा आउनका लागि निर्देशनसमेत दिएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्