२३ जेठ २०८३, शनिबार

बुद्धको मूर्ति तोड्ने काम निन्दनीय - कांग्रेस संसदीय दल

बुद्धको मूर्ति तोड्ने काम निन्दनीय - कांग्रेस संसदीय दल

काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका विश्वशान्तिका अग्रदूत गौतम बुद्धको मूर्तिहरु तोडफोड भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

बिहीवार एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले धर्म, संस्कृति तथा मूल्यमान्यताको अपमान भएको भन्दै तत्काल छानबिनको माग गरेका छन् ।

'विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो,' विज्ञप्तिमार्फत खाणले भने, 'यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ ।'

खाणले घटनाको सत्यतथ्य छानबिन गरी संलग्न दोषीहरूलाई यथाशीघ्र कारवाही गर्न पनि माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्