
धनगढी। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा विहीबार बेलुका बम बिस्फोट भएको छ ।
धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको हो ।
बम विष्फोटमा परी होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।
धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको उनीहरुको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जनाए ।
त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
