०५ असार २०८३, शुक्रबार

धनगढी बम विस्फोटः घाइतेको शरीरका अधिकांश भाग जलेको अवस्थामा अस्पतालमा (फोटोफिचर)

साउन २, २०७६
धनगढी बम विस्फोटः घाइतेको शरीरका अधिकांश भाग जलेको अवस्थामा अस्पतालमा (फोटोफिचर)

धनगढी। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा बिहीबार बेलुका बम बिस्फोट हुँदा ५ जना गम्भीर घाइते भएका छन् ।  धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको हो ।

बम विष्फोटमा परी होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । 

धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको उनीहरुको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जनाए । घाइतेको शरीरको अधिकांश भाग जलेको जनाइएको छ । लोकान्तरलाई प्राप्त तस्बिरमा पनि उनीहरुको शरीका अधिकांश जलेको देख्न सकिन्छ । तस्बिरले नै बम विस्फोट निकै शक्तिशाली रहेको जनाउँछ । 

त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्