११ असार २०८३, बिहीबार

धनगढी बम विस्फोटः घाइते एकजनाको उपचारको क्रममा मृत्यु

धनगढी बम विस्फोटः घाइते एकजनाको उपचारको क्रममा मृत्यु

धनगढी– कैलालीको धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटमा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । 

बम विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । 

बिहीबार साँझ धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट हुँदा ५ जना घाइते भएकामा सिंहको मृत्यु भएको हो । 

बम विस्फोटमा परी घाइते भएका होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेलाको भने  धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको  छ । 

उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जनाए । घाइतेको शरीरको अधिकांश भाग जलेको जनाइएको छ । लोकान्तरलाई प्राप्त तस्बिरमा पनि उनीहरुको शरीका अधिकांश जलेको देख्न सकिन्छ । तस्बिरले नै बम विस्फोट निकै शक्तिशाली रहेको जनाउँछ । 

त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्